+
+

काभेमा २६ वटा अति संवेदनशील र ४९ वटा संवेदनशील मतदान केन्द्र

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २९ गते ११:५९

२९ कात्तिक, काभ्रे । काभ्रेका ३ सय ८९ मध्ये २६ वटा मतदान केन्द्र अति संवेदलशील र ४९ वटा मतदान केन्द्र संवेदनशील रहेकाले त्यही अनुसार सुरक्षा व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ ।

भौगोलिक विकटता गत निर्वाचनहरुमा भएका घटना तथा गत वशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा भएका घटनाहरुको आधारमा संवेदलशील र सामान्य मतदान केन्द्र छुट्याइएको प्रशासनले जनाएको छ ।

३ लाख १० हजार ६३ मतदाताका लागि जिल्ला निर्वाचन कार्यालयले तयार गरेको मापदण्ड अनुसार ३ हजार १ सय १२ कर्मचारी र १ हजार ५ सय ५६ स्वसेवक परिचालन हुनेछन् ।

जिल्ला निर्वाचन अधिकारी उमेश राईका अनुसार एउटा मतदान केन्द्रमा ८ जना कर्मचारी र ४ जना स्वंवेवक परिचालन हुनेछन् । जिल्लामा १ सय ९० स्थानमा ३ सय ८९ वटा मतदान केन्द्र छन् । यस्तै कर्मचारी, सुरक्षाकर्मी र कैदीका लागि ४ वटा अस्थायी मतदान केन्द्र तोकिएको छ ।

नेपाल प्रहरी र म्यादी गरेर २८ सय ९३ सुरक्षाकर्मी निर्वाचनमा खटिने जिल्ला प्रहरी प्रमुख चक्रराज जोशीले जानकारी दिए ।

२०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा खटिएका कर्मचारीहरुका विषयमा टिका टिप्पणी धेरै भए पछि निर्वाचन कार्यालयले शंशोधन गरेको छ ।

संघ, प्रदेश र स्थानीय तहका कर्मचारीलाई निर्वाचनमा खटाउन प्राथमिकता दिइएको र नपुगेमा स्थायी शिक्षकलाई मात्र निर्वाचनमा मतदान अधिकृत र सहायक मतदान अधिकृत बनाएको प्र्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।

जिल्ला निर्वाचन कार्यालय तथा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित समितिबाट अनुमोदन भएका कर्मचारीहरुको नामावलीलाई अन्तिम रुप दिँदै जिम्मेवारी बाँडफाँड गरिएको निर्वाचन कार्यालयले जानकारी दिएको छ । काभ्रेमा दुईवटा प्रतिनिधि सभा र चारवटा प्रदेश सभा निर्वाचन क्षेत्र छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?