+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

पर्साका सीमा नाकामा तालिमप्राप्त कुकुर परिचालन

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २९ गते १४:३७

२८ कात्तिक, वीरगञ्ज । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा बनाएको छ ।

निर्वाचनमा कुनैपनि शंकास्पद गतिविधि हुन नदिन तीन वटै सुरक्षा निकायलाई विशेष चनाखो हुन निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

जिल्लामा १६७ वटा मतदानस्थल ४१२ वटा मतदान केन्द्र र २ वटा अस्थायी मतदान केन्द्र तोकिएको छ । वीरगञ्ज कारागार र हुलाक कार्यालयमा अस्थायी मतदान केन्द्र राखिनेछ । कारागारको केन्द्रमा अस्थायी मतदाता नामावलीमा नाम समावेश भएका कैदीबन्दी र हुलाक कार्यालयको केन्द्रमा सुरक्षाकर्मी र कर्मचारीले मतदान गर्नेछन् ।

६३ वटा मतदान स्थल अति संवेदनशील, ८५ वटा संवेदनशील र १९ वटा मतदान स्थललाई सामान्य भनी मुल्यांकन गरिएको छ । ती मतदान स्थलहरुको सुरक्षाका लागि म्यादीसहित ३ हजार २५५ जना, ९ सयको हाराहारीमा सशस्त्र प्रहरी र ७१२ नेपाली सेना परिचालन हुने सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए ।

नाकामा तालिम प्राप्त कुकुर परिचालन

निर्वाचनलाई मध्यनजर गर्दै सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ । नेपाली सेनाले पनि ठाउँ ठाउँमा गस्ती गरिरहेको छ ।

भारतीय सीमावर्ती शहर रक्सौलबाट नेपाल प्रवेश गर्ने मुख्य नाकामा सोमबारदेखि तालिम प्राप्त कुकर प्रयोग गरेर चेकजाँचमा कडाइ गरिएको छ । रक्सौलबाट नेपाल प्रवेश गर्ने नाकामा मितेरी पुल, शंकराचार्यद्वार, रजतजयन्ती चोक, छपकैया, सिर्सिया छोटी भन्सारमा तालिम प्राप्त कुकुर परिचालन गरेर चेकजाँचमा कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।

भारतबाट प्रवेश गर्ने पैदल यात्रु, सवारी साधनको चकजाँचमा तालिम प्राप्त कुकुर प्रयोग गरिएको छ । वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लका अनुसार पहिलो दिन कुकुरले ६ एम्पुल लागु औषध बरामद गरेको छ । नुर्फिन, फेनारगन र डाइजेपाम २/२ एम्पुल सहित वीरगञ्ज– १९ बिन्दवासिनी बस्ने १९ वर्षीय सहिद मियालाई पक्राउ गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?