+
+

देउवा भन्छन् : गठबन्धनले जिते ५ वर्ष संसद भंग हुँदैन

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २९ गते १६:०१

२९ कात्तिक, नवलपरासी । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनले जिते ५ वर्ष संसद भंग नगर्ने बताएका छन् ।

लोकतान्त्रिक वाम गठबन्धनले मंगलबार नवलपरासीको चौपातामा गरेको आमसभालाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री देउवाले आफूहरुले ५ वर्ष नै संसद चलाउने बताए ।

‘आफ्नो बिरोध हुने बित्तिकै ओलीले रिसको झोकमा विना कारण संसद भंग गरे । हामीले त्यसो गर्दैनौं,’ देउवाले भने, ‘हुँदै नभएको अधिकार प्रयोग गरेर ओलीको जस्तो गरी हामीले संसद भंग गर्दैनौं । हामी ५ वर्ष संसद चलाउँछौ । त्यसका लागि गठबन्धनलाई जिताउन आवश्यक छ ।’

आफूहरुको बीचमा असहमति पैदा गरी गठबन्धन फुटाउन एकथरी तत्व लागेको आरोप लगाउँदै उनले गठबन्धनका बारेमा कसैले चिन्ता गर्न नपर्ने बताए ।

समावेशी संविधान बचाउन गठबन्धन भएको बताउँदै देउवाले पाँच दलीय गठबन्धन चुनावपछि पनि कायम रहने उनले बताए ।

चुनावी सभामा भाग लिन देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगै नवलपरासी आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?