+
+

ह्वावेद्वारा ‘५जी प्लस एआई’ मार्फत स्मार्ट माइनिङलाई नयाँ चरणमा लैजाने घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २९ गते १८:४६

काठमाडौं । माइन हार्मोनीको व्यावसायीकरणको एक वर्ष पछि ह्वावेले ‘५जी प्लस एआई’ मार्फत स्मार्ट माइनिङलाई नयाँ चरणमा लैजाने भएको छ । सोही क्रममा अपरेटिङ सिस्टम ठूलो मात्रामा व्यावसायिक प्रयोगको चरणमा प्रवेश गरेको घोषणा गरेको छ ।

ह्वावे कनेक्ट २०२२ मा बोल्दै ह्वावेका रोटेटिङ अध्यक्ष केन हुले उद्योगका ग्राहकहरूलाई उनीहरूको आवश्यकता अनुसार सही प्रविधि छनोट गर्न र यसको अधिकतम फाइदा साझेदारहरूसँग काम गर्ने कम्पनीको समर्पण रहेकोमा जोड दिए ।

‘हाम्रा ग्राहकहरूलाई वास्तवमै उनीहरूको आवश्यकताहरू पूरा गर्ने परिदृश्यमा आधारित सही समाधानहरू प्रदान गर्न, हामीले उनीहरूको उद्योगमा रहेका चुनौतीहरूलाई साँच्चै बुझ्नका लागि सँगसँगै काम गर्नुपर्छ’ हूले भने । उनका अनुसार यसको गठन भएको एक वर्षपछि ह्वावेको खानी टोलीले ठोस प्रगति गरेको छ।

माइन हार्मोनी ओएस, ह्वावे र चाइना इनर्जी इन्भेष्टमेन्ट कर्पोरेसनद्वारा रचित संयुक्त इनोभेसन हो । यो प्रणाली १३ खानी र एउटा कोइला धुने कारखानामा ३ हजार ३ सय सेट उपकरणमा राखिएको जनाएको छ । प्रणाली भित्री मंगोलियाको सम्पूर्ण वुलानमुलुन (जसलाई उलान मोरान पनि भनिन्छ) खानीमा तैनाथ गरिएको कम्पनीका ह्वावेका रोटेटिङ अध्यक्ष केन हुले बताए ।
अपरेटिङ सिस्टमले उपकरणहरूको स्मार्ट नियन्त्रण, निश्चित साइटहरूको स्वतः गस्ती र उपकरणहरूको अनलाइन स्तरवृद्धि सहित धेरै नवीन परिदृश्यहरू समेट्ने कम्पनीले उल्लेख गरेको छ ।

यस प्रविधिको मुख्य विशेषता सबैभन्दा उपयुक्त नेटवर्क टेक्नोलोजीहरू फेला पार्नु रहेको उल्लेख गरेको छ । ह्वावेले आफ्नो ‘५जी’ क्षमताहरू साथै एफटीटीएम र आईपीभी ६ प्लसको साथमा पूर्ण रूपमा अप्टिकल कनेक्टिभिटीलाई भूमिगत खाडलहरूमा लिएको छ।

भूमिगत कोइला खानीहरूमा विभिन्न प्रोटोकलहरूमा चल्ने सबै प्रकारका यन्त्रहरू र उपकरणहरू जडान गरिएको कम्पनीले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?