+
+

नेपाल बैंक ८६औं वर्षमा प्रवेश

चुक्ता पूँजी १४ अर्ब ४० करोड पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ३० गते १३:५४

काठमाडौं । नेपाल बैंक लिमिटेड ८६औं वर्षमा प्रवेश गरेको छ । ३० कात्तिक १९९४ मा स्थापना भएको बैंकको हाल २२६ शाखामार्फत १९९ वटा एटीएम एवं ५० वटा एक्सटेन्सन काउन्टरमार्फत देशैभर ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा १० जना लगानीकर्ताले ८ लाख ४२ हजार चुक्ता पूँजीबाट सुरु भएको बैंकको निक्षेप १७ लाख र लगानी १९ लाख रुपैयाँ थियो ।

बैंकले पछिल्लो केही वर्ष यता लगानीकर्तालाई निरन्तर आकर्षक प्रतिफल दिइरहेको छ । बैंकले २०७९ असार मसान्तसम्म १ खर्ब ९६ अर्ब निक्षेप संकलन गरी १ खर्ब ७८ अर्ब कर्जा प्रदान गरेको छ । ८६ वर्षअघि ८ लाख ४२ हजार रुपैयाँबाट सुरु भएको नेपाल बैंकको चुक्ता पूँजी अहिले १४.४० अर्ब छ ।

बैंकको जगेडा कोषमा २१.६८ अर्ब रुपैयाँ रहेको छ भने ३५ अर्ब बढी नेटवर्थ रहेको छ । कासा निक्षेप, तथा न्यून कोषको लागतले बैंकको आधार दरको न्यून रहेको छ । तुलनात्मक रुपमा कम ब्याजदरमा कर्जा पाइने हुँदा सर्वसाधारणको रोजाइमा बैंक पर्ने गरेको छ ।

पुराना कर्मचारीले आवकाश पाउँदै जाँदा आधुनिक प्रविधिसँगै साक्षात्कार गर्ने युवा पुस्ताको प्रवेशले बैंकले उक्त सफलता हासिल गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

हाल बैंकमा कुल ३ हजार ४०० कर्मचारी कार्यरत रहेकोमा उनीहरुको औसत उमेर ३५ वर्ष रहेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?