+
+

शोधनान्तर स्थिति साढे १२ अर्ब बचतमा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ३० गते १४:३७

३० कात्तिक, काठमाडौं । नेपालबाट मुलुकबाहिर हुने कारोबार भन्दा विदेशबाट नेपाल भित्र बढी रकमको कारोबार हुँदा चालु आर्थिक वर्ष (आव) २०७९/८० को तेस्रो महिनामा शोधनान्तर स्थित बचतमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार शोधनान्तर स्थित असोज मसान्तसम्म १२ अर्ब ४३ करोड रुपैयाँले बचतमा पुगेको हो । चालु आर्थिक वर्षका पहिलो दुई महिनासम्म भने शोधनान्तर स्थिति घाटामै थियो । अघिल्लो आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनाको तुलनामा समेत शोधनान्तर स्थितिमा उल्लेख्य सुधार भएको छ ।

सो आवमा समीक्षा अवधिमा शोधनान्तर स्थिति ८७ अर्ब ७१ करोड घाटामा थियो । निश्चित समय भित्र व्यक्ति र संस्थाबीच मुलुक भित्र र बाहिर भएका आर्थिक/वित्तीय कारोबारको सारांश नै शोधनान्तर स्थिति हो । बाह्य क्षेत्रबाट बढी तरलता प्राप्त हुँदा शोधनान्तर स्थिति बचतमा जान्छ । अमेरिकी डलरमा यस अवधिमा ९ करोड १८ लाखले शोधनान्तर बचतमा देखिएको छ । यो अघिल्लो आवको यसै अवधिमा ७४ करोड १२ लाख डलरले घाटामा थियो ।

यस अवधिमा चालु खाता ३४ अर्ब २८ करोड घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १४९ अर्ब ८१ करोड घाटामा थियो । चालु खाता घाटा समेत यस आवमा सरकारले उल्लेख घटाएको छ । अमेरिकी डलरमा चालु खाता २७ करोड घाटामा छ । गत आवको यसै अवधिमा चालु खाता १ अर्ब २६ करोड डलरले घाटामा थियो ।

यस आवको पहिलो तीन महिनामा पूँजीगत ट्रान्सफर ३४.८ प्रतिशतले बढेर २ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । यस अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी ८ करोड रुपैयाँ बराबर आएको छ । गत आवको यसै अवधिमा पूँजीगत ट्रान्सफर १ अर्ब ९२ करोड र खुद वैदेशिक लगानी ५ अर्ब ७ करोड रुपैयाँ रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?