+
+

एक महिनामा भित्रियो ९४ अर्ब रेमिट्यान्स, १७ प्रतिशतको वृद्धि

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ३० गते १४:४१

३० कात्तिक, काठमाडौं । चालु आर्थिक वर्षमा विप्रेशण (रेमिट्यान्स)को बढ्दो दरमा देखिएको छ । असोज महिनामा मात्रै ९४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

चालु आर्थिक वर्षको पहिलो ३ महिना (साउन-असोज)मा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले बढेर २ खर्ब ८१ अर्ब ५ करोड पुगेको छ । साउन र भदौमा १ खर्ब ८७ अर्ब ४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

गत आर्थिक वर्ष २०७८/७९को सोही अवधिमा विप्रेषण आप्रवाह ७.१ प्रतिशतले घटेको थियो । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको असेज महिनासम्मको विवरणअनुसार यो वर्ष अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.९ प्रतिशतले बढेर २ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.१ प्रतिशतले घटेको थियो ।

यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत (नयाँ) लिने नेपालीको संख्या १२३.१ प्रतिशतले वृद्धि भएर १ लाख ४७,९३२ पुगेको छ ।  वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६६.२ प्रतिशतले बढेर ५७,८६१ पुगेको छ ।

समीक्षा अवधिमा खुद ट्रान्सफर १७.१ प्रतिशतले बढेर ३ खर्ब १० अर्ब ४३ करोड प्राप्त भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ७.६ प्रतिशतले घटेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?