 
																			३० कात्तिक, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा वैदेशिक अध्ययनका लागि विदेश जाने विद्यार्थीले करिब १८ अर्ब रुपैयाँ विदेशी मुद्रा विदेश लगेका छन् । गत साउनदेखि असोजसम्म नेपालको खुद सेवा आय २१ अर्ब ७० करोड रुपैयाँले घाटामा छ ।
अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय २३ अर्ब ३४ करोड रुपैयाँले घाटामा थियो । सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ११०.४ प्रतिशतले बढेर ११ अर्ब ४१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५ अर्ब ४२ करोड रहेको थियो ।
समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय ६२.३ प्रतिशतले बढेर २६ अर्ब ४ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय १७ अर्ब ८९ करोड रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय १६ अर्ब ४ करोड रुपैयाँ रहेकोमा शिक्षातर्फको व्यय ८ अर्ब ९२ करोड रुपैयाँ रहेको थियो ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4