+
+

सुनसरीमा लोसपाका प्रदेश सभा उम्मेदवार सन्तोषकुमारको उम्मेदवारी खारेज

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ३० गते १६:१८

३० कात्तिक, काठमाडौं । निर्वाचन आयोगले सुनसरी-४  को प्रदेश सभा २ का लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्‍मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी खारेज गरेको छ।

प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ खण्ड (च) बमोजिम मेहताले बहुविवाहसम्बन्धी कसुरमा कैद सजाय पाई सजाय भुक्तान गरेको मितिले ३ वर्ष पूरा नभएकाले उनको उम्मेदवारी अयोग्य ठहर भई खारेज गरेको आयोगले जनाएको छ ।

मेहताले उम्मेदवारी मनोनयनको क्रममा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा १८ को उपदफा (६) सँग सम्बन्धित अनुसूची ६ बमोजिम प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७३ को दफा १३ को खण्ड (च) मा भएको कानूनी व्यवस्था बमोजिम आफू अयोग्य नभएको भनी स्वघोषणा गरेकोमा आफ्नै स्वघोषणाको प्रतिकुल हुने गरी प्रदेश सभा सदस्यको उम्मेदवारी मनोनयन गरेको समेतका आधारमा उम्मेदवारी बदर गरिएको आयोगले स्पष्ट पारेको छ ।

मेहताको उम्मेदवारी बदर भए पनि नयाँ छपाइ गरी मतपत्र लैजान समयअभावका कारण असम्भव भएकाले उनको चुनाव चिह्नमा परेका मत स्वतः बदर गर्न सम्बन्धित निर्वाचन अधिकृतलाई आयोगले निर्देशन पनि दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?