+
+

बुद्धले सुर्खेत विमानस्थलमा ७२ सिटे जहाजबाट गर्‍यो परीक्षण उडान

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ३० गते १५:१०
सुर्खेत विमानस्थल/फाइल तस्वीर

३० कात्तिक, काठमाडौं । बुद्ध एयरले सुर्खेत विमानस्थलमा एटीआर ७२ जहाजबाट सफल परीक्षण उडान गरेको छ । बुद्धले बुधबार एटीआर ७२ जहाजबाट सुर्खेतमा परीक्षण उडान गरेको हो । कम्पनीले जनवरी २०२३ देखि यस विमानस्थलमा दैनिक २ उडान गर्ने लक्ष्यसहित परीक्षण उडान गरेको जानकारी दिएको छ ।

बुद्धले सुर्खेतमा १ फेब्रुअरी २०१३ देखि बीचक्राफ्टबाट र पछिल्लो ५ वर्षयता एटीआर ४२ बाट नियमित उडान गरिरहेको छ । साना जहाजबाट महँगो भाडा परिरहेको र यात्रुको चाप समेत बढेको भन्दै यो विमानस्थलमा ठूला जहाजको माग बढिरहेको थियो । सोही सन्दर्भमा बुद्धले ठूला जहाज उडाउने योजना बनाएको बताएको छ । कम्पनीले डिसेम्बर २०२२ भित्रै २ वटा एटीआर जहाज ल्याउन लागेको समेत जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?