+

नेपाललाई जिताउने गोलकर्ता अञ्जनले के भने ?

२०७९ कात्तिक  ३० गते १९:४५ २०७९ कात्तिक ३० गते १९:४५
नेपाललाई जिताउने गोलकर्ता अञ्जनले के भने ?

३० कात्तिक, काठमाडौं । पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबलमा नेपाललाई जिताउने निर्णायक गोल गरेका अञ्जन विष्टले देश र टिमका लागि खेल्दै आएको बताएका छन् ।

पाकिस्तानसँगको खेलमा एक गोल गरेपछि नेपाली टिमको सर्वाधिक गोलकर्ता बन्नबाट २ गोलले पछि रहेका उनले आफूले सर्वाधिक गोलकर्ताका लागि भनेर नखेलेको बताए ।

‘मैले सर्वाधिक गोलकर्ताका लागि भनेर खेलेको छैन,’ उनले भने, ‘त्यसलाई टार्गेट राखे म रोकिन्छु होला, त्यसैले देशका लागि खेल्छु, टिमका लागि खेल्छु ।’

गोल गरेपछि जर्सी फुकालेर खुसी मनाउँदा पहेँलो कार्ड पाएका उनले देशका लागि गोल गरेपछि भित्रैबाट इमोसन आएकोले जर्सी फुकालेको बताए । उनले सेलिब्रेसको अर्थ लगाउँदै भने, ‘जीवनमा उतारचढाव हुन्छ िअनि एक्लो हुँदा पनि कमजोर नहोउ भन्ने हो ।’

जितबाट नेपालका प्रशिक्षक खुसी

नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक प्रवेश कटुवालले जितबाट आफू एकदम खुशी रहेको बताए । ‘पहिलो अवसर थियो । विगत लामो समयपछि पाकिस्तानलाई हराउन सकेका थिएनौं,’ उनले भने, ‘पाकिस्तानमाति १४ वर्षपछिको जितले खुसी छु ।’

उनले राष्ट्रिय टिमको प्रशिक्षक हुनुलाई ठूलो उपलब्धी ठानेको पनि बताए । ‘मैले क्षमता हुँदाहुँदै पनि नेशनल टिममा खेल्न पाइन,’ उनले भने, ‘अहिले कोचमा पाएको छु । भावनात्मक फिलिङ त पक्कै भइहाल्छ ।’

छोटो सयमको तयारी भएकाले केही समस्या भएाके बताए । ‘छोटो समयको तयारी भएकोले सबै फिट थिएनन्,’ उनले भने, ‘अनी चेन्ज गर्दै लगेको हो ।’

पाकिस्तानी प्रशिक्षक सन्तुष्ट

पाकिस्तानी टिमका प्रशिक्षक शाहजद अनवरले ३ वर्षपछि अन्तर्राष्ट्रिय मैदानमा उत्रिएको आफूहरुले राम्रो खेलेको बताए ।

नेपाल बलियो टिम भएको भन्दै उयनले भने, ‘बलियो टिमसँग, घरेलु मैदानमा हामीले राम्रो खेल्यो । म हाम्रो टिमको प्रदर्शनमा सन्तुष्ट छु ।’

पाकिस्तानले अन्तर्राष्ट्रिय फुटबलमा कमब्याक गरेको र फुटबल गतिविधि सुरु भएको उनले बताए ।

पिच र मौसमको फरकको कारणले पाकिस्तानी खेलाडीमा केही समस्या देखिएको उनले बताए ।

अञ्जन विष्ट नेपाल भर्सेस पाकिस्तान

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय