+
+

चुनावका कारण शनिबार बेलुका ५ बजेदेखि फिल्म हल बन्द हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १ गते १४:५२
काठमाडौंस्थित एक सिनेमा हल । फाइल तस्वीर

काठमाडौं । निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै मुलुकभरका फिल्म हल शनिबार ५ बजेपछि बन्द हुने भएका छन् । शनिबार सन्ध्या र रात्रिकालीन शो नहुने र आइतबार सम्पूर्ण फिल्म हल बन्द हुने चलचित्र संघका सदस्य सुरेन्द्र थापाले जानकारी दिए ।

क्यूएफएक्ससहितका मल्टिप्लेक्सले शनिबार ५ बजेसम्म मात्रै शो राखेका छन् । निर्वाचनको दिन आइतबार फिल्म हल बन्द हुने र त्यस दिन अत्यावश्यक बाहेकका सवारी साधन पनि चलाउन नपाइने सूचना जिल्ला प्रशासन कार्यालयहरुले जारी गरिसकेका छन् ।

निर्वाचन माहोलका कारण अहिले फिल्म हलहरुको अकुपेन्सीमा समेत गिरावट आइरहेको छ । चलिरहेका फिल्मले समेत दर्शकलाई तान्न सकिरहेका छैनन् ।

तर निर्वाचनपछि फिल्म क्षेत्र लयमा फर्किने देखिएको छ । निर्माताले छायांकनदेखि अन्य कार्यक्रम पनि चुनाव पछाडिलाई तय गर्न थालेका छन् ।

चुनावपछि आउनेछ फिल्मको बाढी

पुस १५ गते आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ र प्रियंका कार्कीको ‘चि मुसी चि’ रिलिज हुनेछन् ।

पुस २९ मा गुञ्जन र तिम्रो मेरो साथ प्रदर्शन हुनेछन् भने फागुनमा ठूला फिल्मबीच प्रतिस्पर्धा हुँदैछ । फागुन ५ गते फूलबारी, परदेशी २ र लण्डन टु पेरिस प्रदर्शनको तयारीमा छन् ।

फागुन १९ मा छक्कापञ्जा ४, छड्के २ र परस्त्री प्रदर्शन तयारीमा छन् । यो मितिमा आउने भनिएको मिलन चाम्सको फिल्म ‘वर एण्ड वधु’को प्रदर्शन पछि सरेको छ । निर्देशक चाम्सले यो फिल्म अर्को वर्ष रिलिज हुने जानकारी दिए । छक्कापञ्जा ४ को बाँकी छायांकन चुनावपछि गर्ने तयारी छ ।

वैशाख १ गते रामबाबु गुरुङको फिल्म ‘जारी’, विकास आचार्यको ‘नाइँ नभन्नु ल ६’ र झरना थापाको ‘भगवत् गीता’ रिलिज हुने तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?