+
+

ओनसरी घर्ती प्रधानमन्त्री बन्न लायक छिन् : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १ गते १८:०५

१ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वसभामुख ओनसरी घर्ती प्रधानमन्त्री बन्न लायक रहेको टिप्पणी गरेका छन् ।

काठमाडौं-२ का प्रतिनिधिसभाकी उम्मेदवार घर्तीलाई आफूले सानैदेखि चिनेको र उहाँमा प्रधानमन्त्री बन्ने दृढता रहेको अध्यक्ष दाहालको भनाइ थियो ।

बिहीबार काठमाडौंमा आयोजित चुनावी सभामा बोल्दै उनले मंसिर ४ गतेको निर्वाचनलाई नेपाली जनताले प्रतिगमनलाई परास्त गर्ने अवसरको रुपमा लिनुपर्ने समेत दोहोर्‍याए ।

उनले भने, ‘ओनसरी घर्ती महिला प्रधानमन्त्री बन्न लायक संघर्षशील महिला हो ओनसरी घर्ती । त्यसकारण यो अवसर भनेको यस क्षेत्रका लागि एक ऐतिहासिक अवसर नै आएको छ । दुई वटा गठबन्धन छन । हामी इमान्दार र खुला ढंगले भन्छौं ।’

अध्यक्ष दाहालले केपी ओली र उनको गठबन्धन फेरि जितेर आए संविधान च्यात्ने भएकाले उनीहरुलाई नेपाली जनताले तिरस्कार गरेर अघि बढनुपर्ने बताए । ओली संविधानमा हस्ताक्षर गरेर पनि संविधानको रक्षक र गणतन्त्रको पक्षधर हुन नसकेको उनको गम्भीर आरोप थियो ।

उनले भने, ‘हाम्रो गठधन संविधानको रक्षाको निम्ति, स्थिरता र विकासको निम्ति हो । अर्को पनि एउटा गठबन्धन छ । केपी ओलीको नेतृत्वमा । तर, उनीहरु गठबन्धन भन्दैनन् । गर्छन गठबन्धन । उनीहरु राजावादी छन । राजतन्त्र फर्काउने कुरा गर्छन । उनीहरुभित्र अलगाववादी छन्। देशको एकता खलबल पार्ने कुरा गर्छन । उनीहरु दक्षिणपन्थी छन्। संविधान मिच्ने र च्याप्ने कुरा गर्छन । अनि, फेरि भोट माग्न जनता कहाँ आउँछन्।’

अध्यक्ष दाहालले मंसिर ४ गतेको निर्वाचनमा प्रतिगमनलाई परास्त गर्न सकिए मुलुक विकास र समृद्धिको दिशामा अघि बढने विश्वास समेत व्यक्त गरे। उनले सत्तारुढ दलहरु प्रतिगामी शक्तिहरुलाई परास्त गरेर सम्पूर्ण शक्तिको साथ मुलुकको समृद्धिको अभियानमा लाग्न प्रतिवद्ध रहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?