+
+

इंग्ल्याण्डमाथि अष्ट्रेलियाको शानदार जित, शृखंलामा १-० को अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १ गते १८:००

१ मंसिर, काठमाडौं । शीर्ष ब्याटरले उत्कृष्ट प्रदर्शन गरेपछि अष्ट्रेलियाले पहिलो एकदिवसी अन्तर्राष्ट्रिय ९ओडीआई० मा इंग्ल्याण्डलाई ६ विकेटले पराजित गरेको छ । प्याट कमिङ्सले ओडीआईमा जितसहित कप्तानी डेब्यूसमेत गरेका छन् ।

अष्ट्रेलियाले तीन खेलको शृंखलामा १-० को अग्रता बनाएको छ ।

एडिलेडमा बिहीबार भएको खेलमा डेविड मलानको शतकलाई छायामा पार्दै अष्ट्रेलियाले २८८ रनको लक्ष्य ४६.५ ओभर खेल्दै ४ विकेट गुमाएर २८९ रन पूरा गरेको हो ।

अष्ट्रेलियाको जितमा ओपनरद्वय डेभिड वार्नर र ट्रेभिस हेडसँगै स्टिम स्मिथले अर्धशतक प्रहार गरे । वार्नरले नयाँ ओपनिङ जोडी हेडसँग मिलेर पहिलो विकेटका लागि २० ओभरमै १४७ रनको साझेदारी गरे ।

वार्नरले ८४ बल खेल्दै १० चौका र १ छक्का मद्दतमा सर्वाधिक ८६ रन बनाए । हेडले पनि ५७ बलमा ६९ रन जोड्दा १० चौका र १ छक्का नै प्रहार गरे ।

स्मिथले ७८ बलमा अविजित ८० रन बनाए । उनले ९ चौका र १ छक्का प्रहार गरे । विकेटकिपर एलेक्स केरीले २१ रन जोडे भने क्यामरुन ग्रीन २० रनमा अविजित रहे ।

इंग्ल्याण्डका डेभिड विलीले ३ तथा क्रिस जोर्डन र लियम डवसनले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले मालानको शतक मद्दतमा ९ विकेट गुमाएर २८७ रन बनाएको थियो । मालानले १२८ बल खेल्दै १३४ रन बनाए ।

प्लेयर अफ दि म्याच बनेका उनले १२ चौका र ४ छक्का प्रहार गरे । विलीले अविजित ३४ रन जोड्दा कप्तान जस बटलरले २९ रन बनाए ।

अष्ट्रेलियाका कप्तान कमिङ्स र एडम जाम्पाले ३-३ विकेट लिए । १० ओभर बलिङ गर्दा जाम्पाले ५५ र कमिङ्सले ६२ रन खर्चिए । मिचेल स्टार्क र मार्कुस स्टोइनिसले समान १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?