+
+

अन्तिम सभामा रविको प्रश्न : ‘कसैको केही बिगारिदिएको छैन, तैपनि मलाई किन घेराबन्दी गरिँदैछ ?’

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १ गते १८:०८

१ मंसिर, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मंसिर ४ गतेको निर्वाचन पछि संसदको अघिल्लो लहरमा नयाँ मान्छेहरुले प्रवेश पाउने बताएका छन् ।

चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा आयोजना गरिएको सभालाई सम्वोधन गर्दै लामिछानेले आफूहरु सत्ताको वेन्चमा र अरु दल विपक्षीको बेन्चमा बस्ने बताए । देशभर नै राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा माहोल आएको बताउँदै लामिछानेले धेरैको मनमा ब्याण्ड बज्न थालेको बताए ।

उनले देशभरका २४० क्षेत्रमा पार्टीले उम्मेदवार बनाएको बताउँदै धेरै ठाँउमा निर्वाचन जित्ने दावी गरे । उनले देशमा भष्ट्राचारीहरुको कोही पनि दण्डित नभएको नभएकोले अब भष्ट्राचारीहरुलाई ठाउँको ठाउँ कारवाही गर्ने चेतावनी दिए ।

अमेरिकाको नागरिकता लिएपछि नेपालको स्वतः खारेज भएको नागरिकता देखाएर उम्मेदवारी दर्ता र पार्टी दर्ताको आरोप लागेका लामिछानेले आफूसँग पटकपटक प्रमाण मागिएको बताए ।

‘म सधैं प्रश्नको घेराबन्दीमा परेको छु, मैले बिगारिदिएको के छु र ? जिउँदो भएको प्रमाण पनि कुन दिन मसँग माग्ने हो थाहा छैन’, लामिछानेले भने, ‘मलाई देशै निकाला गर्न खोजेका थिए, मलाई चितवनले बचाएको छ, त्यहीँ भएर चितवन आएको हुँ, अब म सुरक्षित छु ।’ उनले चितवनमा बीउ रोप्न आएको भन्दैं यो देशभरि नै फस्टाउने बताए ।

लामिछानेले ठूला दलका केही नेताले निशुल्क भिसासहितको टिकटको अफर गरेर विदेश पठाउने आश्वासन जनतालाई बाँडेको भन्दैं लामिछानेले आफूले युवालाई स्वदेश फर्काउने बताए ।

‘म एक सय जना युवालाई उनीहरुले जानेको सीपको आधारमा, देशभित्र नै आर्कषक सुविधासहित देशभित्र फर्काउनेछु’, लामिछानेले भने, ‘त्यसका लागि देशका विभिन्न ठाउँमा पोष्टर टाँस्न म आफैं पुग्नेछु ।’

उनले निर्वाचनका क्रममा विभिन्न ठाउँमा चलखेल गरेर रकम बाँड्ने काम गरिएको भन्दै नोटका विटाहरु आफूलाई ल्याएर दिन आग्रह गरे । ‘मुखमा टेप लगाउनुस्, खल्तीमा टेप लगाउनुस्, बैंकमा टेप लगाउनुस्, आफ्ना सुण्डमुण्ड नपठाउनुस्, खुला चुनाव गरौं’ लामिछानेले भने, ‘निर्वाचनमा मत सुरक्षित गर्ने जिम्मा तपाई शुभेच्छुकहरुकै हो ।’

कार्यक्रममा कलाकारहरू किरण केसी, दीपाश्री निरौला, निर्मल शर्मा, रमेश उप्रेती लगायतका कलाकारहरुले रवि लामिछानेको पक्षमा मत मागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?