+
+

विगतका गल्ती नदोहोर्‍याउने उम्मेदवारको लिखित प्रतिवद्धता

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १ गते २०:०६

१ मंसिर, वीरगञ्ज । पर्सा, बाराका २७ जना उम्मेदवारले विगतमा प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यले गरेका गल्तीहरु नदोहोर्‍याउने लिखित प्रतिवद्धता जनाएका छन् । मत माग्दै जनताको घरदैलोमा रहेका २७ जना उम्मेदवारलाई हाम्रो अभियान वीरगञ्जले लिखित प्रतिवद्धता गराएको हो ।

प्रतिनिधिसभा तर्फ प्रत्यक्ष चुनाव लडेका ९ जना, प्रदेश सभा सदस्यमा चुनाव लडेका १४ जना र ४ जना समानुपातिक तर्फका उम्मेदवारले लिखित प्रतिवद्धतामा हस्ताक्षर गरेका थिए ।

नेपालको संविधान २०७२ कार्यान्वयनमा आएपछि भएको पहिलो प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ०७४ बाट संसदमा पुगेका जनप्रतिनिधिले गरेका गल्तीहरु अब नदोहोरियोस भनेर उम्मेदवारहरुसँग लिखित प्रतिवद्धता गराइएको अभियान पर्साका संयोजक शिवनाथ यादवले जानकारी दिए ।

‘उम्मेदवारहरु गाउँ, घर टोलमा भोट मागिरहेका थिए, सोही क्रममा २७ जना उम्मेदवारलाई भेटेर नागरिकको तर्फबाट २१ वटा बुँदामा लिखित प्रतिबद्धता गराएका छौं’ उनले भने ।

प्रतिबद्धतापत्रमा पाँच वर्षका लागि स्थायी सरकार गठन गर्ने, पदीय फाइदाका लागि पार्टी परिवर्तन नगर्ने, जनताप्रति उत्तरदायी हुँदै चुनावमा गरेको प्रतिवद्धता कार्यान्वयन गर्ने, कानुन बनाउँदा जनहितलाई प्राथमिकता दिने, संसदमा हुने संवाद, छलफलमा निरन्तर सहभागी हुने, संसदीय मर्यादाको पालना गर्दै अनुपस्थित हुने प्रवृत्तिलाई निरुत्साहित गर्ने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?