+
+

निर्वाचन सामग्री ढुवानीका लागि खोटाङमा १५ वटा बस र ३८ वटा जीप रिजर्भ

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २ गते १०:३५

२ मंसिर । खोटाङ । निर्वाचन सामग्री ढुवानीका लागि खोटाङमा १५ वटा बस रिजर्भ गरिएको छ ।

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न गराउनका लागि मतपेटिका, मतपत्र सहित मतदानस्थल जानेक्रममा कर्मचारीले १५ वटा बस रिजर्भ गरेका हुन् । उनीहरुले ३८ वटा जिप पनि रिजर्भ गरेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए ।

सबै मतदानस्थलमा निर्वाचन सामग्री सहितका कर्मचारी र सुरक्षाकर्मीको टोली पठाइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत रामाकान्त यादवले बताए ।

मतपत्र, मतपेटिका, मतदाता नामावली, मतपेटिका, छेकाबारा, रबर म्याट, सुरक्षण सिल, स्वस्तिक छाप लगायतका ६२ प्रकारका सामग्री सहितका मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारीको टोली मतदानस्थल पुग्न थालेका छन् ।

निर्वाचनका लागि आवश्यक सामग्री सहित एक हजार ५५८ जन कर्मचारी परिचालन भएका छन् । मतदानस्थलको सुरक्षाका लागि करिब एक हजार आठ सय सुरक्षाकर्मी खटिएका छन् । नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीका लागि ३८ वटा जीप रिजर्भ भएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङमा १३६ मतदान स्थल, १९४ मतदान केन्द्र र दुई वटा अस्थायी मतदान केन्द्र तोकिएका छन् । मतदान केन्द्रमा चार वटाका दरले मत पेटिका पठाइएको छ । मतदानस्थल पुगेका कर्मचारीले मदिरा, हातहतियार, चुनावी प्रचार–प्रसार र शान्ति भंग गर्न निषेध सम्बन्धी सूचना टाँस गरेर मतदान केन्द्र निर्माणको थालनी पनि गरेको सहायक निर्वाचन अधिकृत यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?