+
+

२७ लागिन् साम्राज्ञी, जन्मदिनमा फिल्म ‘ह्यारीकी प्यारी’को रिलिज मिति घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २ गते १२:२९

काठमाडौं । साम्राज्ञी शाह, जितु नेपाल र विजय बरालको मुख्य भूमिका रहेको फिल्म ‘ह्यारी की प्यारी’ यही मंसिर २० गते रिलिज हुने भएको छ । निर्माताले शुक्रबार फिल्मका तीन पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेका हुन् ।

यसअघि ‘ह्यारीकी प्यारी’ कात्तिकमा रिलिज हुने भनिएको थियो तर प्राविधिक कार्य नसकिएको भन्दै निर्माताले नयाँ मिति तय गरेका हुन् । शुक्रबार साम्राज्ञीको जन्मदिनको अवसर पारेर फिल्मको पोस्टर र प्रदर्शन मिति सार्वजनिक गरिएको हो । शुक्रबार साम्राज्ञी आफ्नो २७ औं जन्मदिन मनाउँदैछिन् ।

सार्वजनिक पोस्टरमा बाकसमाथि उभिएका जितु र साम्राज्ञीलाई रिवनले बाँधिएको छ । साम्राज्ञीको अगाडि लेडिज ब्याग र बुके राखिएको छ । हास्य कथावस्तुमा निर्माण भएको अर्को पोस्टरमा जितुले साइकल चलाएका छन् भने साम्राज्ञीले माइकिङ गरिरहेकी छन् । तेस्रो पोस्टरमा उनीहरुलाई रोमान्टिक मुडमा देख्न सकिन्छ ।

बीआर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्ममा लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौड्याल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी र डिल्लीराम खनालको पनि अभिनय छ । अभिनेत्री रेखा थापा विशेष भूमिकामा प्रस्तुत छिन् ।

फिल्ममा कथा र निर्देशन कपिल रिजालको छ । पटकथा र संवाद सुदीप बराल, गिरीराज घिमिरे, डाक्टर रिजाल, अभिमन्यू निरवीले लेखेका हुन् । दन्त चिकित्सक रिजालको यो डेब्यु निर्देशन हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?