+
+

रु. १ मा हवाई टिकट प्राप्त गर्न सकिने ‘आईएमई पे’को चुनाव लक्षित अफर

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २ गते १२:४९

काठमाडौं । ‘आईएमई पे’ले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै हवाई यात्रा अफर सार्वजनिक गरेको छ ।

अफर अनुसार आईएमई पे एप मार्फत हवाई टिकट काट्ने मध्ये हरेक दिन एक जना भाग्यशाली विजेताले १ रुपैयाँमा सो टिकट प्राप्त गर्न सक्नेछन् ।

प्रयोगकर्ताहरुले हवाई टिकट खरिद गर्दा कुल रकम (फुल प्राइस) मै खरिद गर्नु पर्ने हुन्छ । यो अफरमा प्रतिदिन विजेता घोषित हुने एक जना भाग्यशाली विजेताले १ रुपैयाँ बाहेकको पूर्ण मूल्य क्यासब्याक स्वरूप पाउनेछन् ।

चुनावमा मतदाताहरूलाई आफ्नो मताधिकार प्रयोगमा सहज होस् भन्ने उद्देश्यका साथ १ रुपैयाँमा हवाई टिकट अफर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।
यो अफर ३० कात्तिकदेखि ९ मंसीर गरी जम्मा १० दिनसम्म कायम हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?