+
+

अध्यक्ष तिमिल्सिनाले पर्वतमा गरे मतदान

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ४ गते ७:५४

४ मंसिर, पर्वत । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्नो गृह जिल्ला पर्वतको मोदी गाउँपालिका वडा नं. ७ राम्जाको पशुपति मावि `क´ केन्द्रबाट मतदान गरेका छन् ।

उनले पशुपति केन्द्रबाट बिहान ७:३० बजे मतदान गरेका हुन् ।

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मतदान गर्न अध्यक्ष तिमिल्सिना शनिबार आफ्नो गाउँ पुगेका थिए ।

पर्वतबाट एमालेका पदम गिरी र नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशीसहित १२ जना उम्मेदवार छन् ।

प्रतिनिधि सभाको १ क्षेत्र तथा प्रदेश सभाका दुई क्षेत्र रहेको पर्वतका सबै मतदान केन्द्रमा मतदान बिहान ७ बजेदेखि मतदान सुरु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?