+
+

चितवनको ब्रह्मस्थानीमा मतदान स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ४ गते ९:५२

४ मंसिर, चितवन । चितवनको क्षेत्र नं. १ स्थित ब्रह्मस्थानी मतदान केन्द्रको बुथमा विप्लवका कार्यकर्ताले मतपेटिकामा आगो लगाउने प्रयासपछि मतदान स्थगित गरिएको छ ।

राप्ती नगरपालिका वडा नं. ८ मा विप्लवका कार्यकर्ताले आगो लगाउने प्रयासगरेपछि मतदान स्थगित गरिएको हो ।

निर्वाचन अधिकृत रेशमराज सिग्देलले स्थगित भएको खबर आएपछि आफू त्यसतर्फ गइरहेको अनलाइनखबरलाई बताए ।

मतपेटिका जलाउने प्रयास गरेपछि प्रहरीले एक राउण्ड हवाइफायर समेत गरेको छ । अहिले सो क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?