+
+

हुम्लाको डाँफे मतदान केन्द्रमा दुई समूहबीच झडप, असई घाइते

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ४ गते १३:४२

४ मंसिर, हुम्ला । हुम्लाकाे चङ्खेली गाउँपालिका-५ नेप्कास्थित  डाँफे आधारभूत विद्यालय मतदान केन्द्रमा दुई पक्षबीच झडप भएकाे छ ।

सत्ता गठबन्धनकै युवाको दुई समूहबीच झडप हुँदा मतपेटिका समेत फुटेकाे मतदान अधिकृत साजन ऐडीले जानकारी दिए ।

एक पक्षले अर्कैको नाममा भोट खसालेपछि विवाद सिर्जना भएको थियो । सोही क्रममा उत्पन्न विवादले उग्ररुप लिं‌दा मतदनस्थल सुरक्षाका लागि खटिएका एक जना प्रहरी सहायक निरीक्षक (असई) घाइते समेत भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?