+
+

दाङ तुलसीपुरको पातु वनगाउँ माविमा बेलुका ७ बजेसम्म मतदान हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ४ गते १६:२०

४ मंसिर, दाङ । दाङ क्षेत्र नम्बर ३ अन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१० पातु वनगाउँ मावि मतदान स्थलमा बेलुका सात बजेसम्म मतदान हुने भएको छ ।

‘ग’ मतदान केन्द्रमा ४५ जनाले मतदान गरिसकेपछि प्रतिनिधिसभामा मत नै नखसेको पत्ता लागेपछि मतदान रोकिएको थियो । त्यसपछि बुझ्ने क्रममा कर्मचारीहरुले प्रतिनिधिसभाको मतपत्र नदिएर प्रदेशसभाको मात्र दिएको पत्ता लागेको थियो ।

यही विवादका कारण केही घण्टा मतदान रोकिएकाले बेलुकासम्मै मतदानको समय तोकिएको हो । दाङ क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत डोलनाथ न्यौपानेले प्राविधिक त्रुटिका कारण मतदानका लागि पूर्वनिर्धारित समयमा दुई घण्टा थप गरिएको बताए ।

निर्वाचन आयोगले आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?