+
+

मतदानपछि गायक प्रमोद खरेल भन्छन् : स्थिर सरकार बनोस्, जनमतको कदर होस्

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ४ गते २०:१४

काठमाडौं । आइतबार भएको निर्वाचनमा कलाकारले समेत उत्साहजनक ढंगले भाग लिए । कतिपय सेलिव्रिटीले गाउँ पुगेर मतदान गरे ।

संविधान जारी भएपछि सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको यो निर्वाचनमा सेलिव्रिटीको उत्साहजनक सहभागिता देखियो । मतदानपछि कलाकारले जनमतको कदर होस् भन्ने आशा राखेका छन् ।

गायक प्रमोद खरेल मतदान गर्न झापाको आफ्नो गाउँ कचनाकवल पुगे । सामाजिक संजालमा उनले मतदान गरेपछिको तस्वीर सेयर गरेका छन् ।

आगामी पाँचवर्षमा जुनसुकै दल सरकारमा पुगेपनि देश र जनताको हित विपरित कुनै काम नहोस् भन्ने अपेक्षा उनले राखेका छन् । स्थिर सरकार बनाएर जनमतको कदर गर्न उनको आग्रह छ ।

प्रमोद लेख्छन्, ‘यो रंग मात्र हैन हाम्रो र भावी पुस्ताको भविष्य कोर्ने मसी हो । विगतका कमी कमजोरी सच्चाउँदै आगामी ५ वर्ष जो–जो सरकारमा पुगे पनि देश र जनताको हित विपरीत कुनै काम नहोस्, स्थिर सरकार बनोस्, जनमतको कदर होस् , जनताको मुहारमा खुशी देख्न पाइयोस्, हार्दिक शुभकामना ।’

लोकप्रिय गायक खरेल यतिबेला ‘द भ्वाइस अफ नेपाल’को कोचको रुपमा व्यस्त छन् । यसबाहेक सांगीतिक कार्यक्रममा समेत उनी सक्रिय देखिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?