+
+

राजेशपायल र प्रमोदको स्वरमा ‘उसले रुवाउन जानी’

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २४ गते १४:११

पछि डिभोर्स भन्दा अहिले धोका ठीक छ

शंकैशंकामा माया कसरी टिक्छ

बेच बेच माया बजारमा बिक्छ

जसले गर्‍यो यो गल्ती उसैले जित्छ

संगीतकार सुनिल बिसीको नयाँ गीत ‘उसले रुवाउन जानी’का शब्द हुन् यी । प्रेममा धोकाको पीडा प्रस्तुत गर्ने गीतमा राजेशपायल राई र प्रमोद खरेलको स्वर छ । शब्द र संगीत सुनिलकै रहेको गीतलाई विशाल निरौलाले एरेन्ज गरेका हुन् ।

उसले रुवाउन जानी मैले हँसाउन जाने

उसले पराई ठानी मैले आफ्नै ठाने

माया त मेरा लागि रहर जस्तै

धोका त मेरा लागि जहर जस्तै भो

प्रेममा रहँदा एकअर्कालाई बुझ्न नसक्दा नसक्दै विवाह गरेर पछुताउनु भन्दा बेलैमा छुट्टिनु नै बुद्धिमानी हुने सुझाव गीत र भिडियो मार्फत दिन खोजिएको छ ।

विकास प्रसाईंले निर्देशन गरेको यो गीतको भिडियोमा विक्रम बुढाथोकी र सविना पाण्डे फिचर्ड छन् । भिडियोमा विशाल थापाको छायांकन, विकास प्रसाईंको सम्पादन र मिलन विश्वकर्माको कलर संयोजन छ ।

‘उसले रुवाउन जानी’ गीत ‘सुनिल बिसी’ युट्युब च्यानलमा रिलिज गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?