+
+

काठमाडौंमा भएका दुर्घटनामा २ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ५ गते ७:५९

५ मंसिर, काठमाडौं । काठमाडौंका बालाजु र चाबहिलमा भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

बालाजुको गंगा फिल्म हल नजिक गएराति साढे ९ बजे बा ४२ प ९९४५ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा एक जना पैदल यात्रीको मृत्यु भएको छ ।

मृतक पुरुषको सनाखत हुन बाँकी छ । मोटरसाइकल चालक फरार भएकाले उनको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी गएराति ९ बजे चाबहिलमा बा १ ग २०८९ नम्बरको ट्रक र बा ३९ प ११५६ नम्बरको मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाका २५ वर्षीय छिरिङ शेर्पा रहेको प्रहरीले जनाएको छ ।

उनको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?