+
+

काठमाडौं ७ मा घण्टी अगाडि, मानुषी चौथो

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ५ गते ८:५७
गणेश पराजुली

५ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ को मतगणनाको प्रारम्भिक नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले अग्रता लिएका छन् । उनले १७७ मतसहित अग्रता लिएका हुन् ।

स्वतन्त्र उम्मेदवार यादवलाल कायस्थले १०८ मत पाएका छन् ।

नेकपा एमालेका उम्मेदवार श्यामकुमार घिमिरे तेस्रो र सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी मानुषी यमि भट्टराई (अस्मिता सिंह) चौथो स्थानमा छन् । एमालेका घिमिरेले ९३ मत पाउँदा माओवादी केन्द्रकी भट्टराईले ७५ मत पाएकी छन् ।

हाम्रो नेपाली पार्टीका प्रबन्ध पोखरेलले ५२ र राप्रपाका ध्रुवविक्रम मल्लले ५० मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?