+
+

काभ्रेमा अझै सुरु भएन मतगणना

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ५ गते १३:१४

धुलिखेल । दुईवटा निर्वाचन क्षेत्र रहेको काभ्रेमा मतगणना सुरु हुन सकेको छैन । दुर्गम ठाउँको मतपेटिका आइनपुगेकाले मतगणनामा ढिलाइ भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

काभ्रे-२ को सबै मतपेटिका आइसके पनि काभ्रे-१ को डाँडापारी क्षेत्रको केही मतपेटिका आउन बाँकी छ ।

दिउँसो ३ बजे सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने प्रमुख निर्वाचन अधिकृत मोहनप्रसाद भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?