+
+

काठमाडौं–९ मा कृष्णगोपाललाई झिनो अग्रता, पछ्याउँदै घण्टी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ५ गते १३:२३
कृष्णगोपाल श्रेष्ठ

५ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ९ मा नेकपा एमालेले सुरुवाती मत परिणाममा झिनो अग्रता लिएको छ । एमालेका कृष्णगोपाल श्रेष्ठले ५६४ मतका साथ सुरुवाती अग्रता बनाएका हुन् ।

श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर पोखरेलले ५६१ मतका साथ पछ्याइरहेका छन् । एमाले र स्वतन्त्र पार्टीबीच ३ मतको मात्रै अन्तर छ ।

नेकपा माओवादी केन्द्रकी कल्पना धमलाले ३४५ मत पाएकी छिन् । नेपाल मजदुर किसान पार्टीका सुमन महर्जनले २६०, राप्रपाका देवेन्द्र प्रधानले २१५, स्वतन्त्र उम्मेदवार मिलन पाण्डेले १२० मत पाएका छन् । अहिलेसम्म २ हजार २८६ मत गणना भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?