+
+

सुर्खेतको सिम्तामा मंगलबार पुनः मतदान हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ५ गते १३:५५

५ मंसिर, सुर्खेत । सुर्खेतको सिम्तामा स्थगित भएको मतदान केन्द्रमा मंगलवार पुनः मतदान हुने भएको छ ।

जिल्लाको क्षेत्र नम्बर– १ को सिम्ता गाउँपालिका–६ स्थित सिम्ता बहुमुखी क्याम्पसको मतदान केन्द्रमा मंगलबार पुनः मतदान हुने भएको हो ।

निर्वाचनमा खटिएका कर्मचारीको गल्तीका कारण प्रतिनिधि सभाका १०० मतपत्र प्रदेश सभाको बाकसमा खसेपछि यहाँको तीन वटा केन्द्रको मतदान रद्द गरिएको थियो ।

निर्वाचन अधिकृत उपेन्द्रकेशर खनालका अनुसार सो क्षेत्रमा मंगलबार विहान ७ बजेदेखि बेलुका ५ बजे सम्म मतदान हने छ ।

यो केन्द्र बाहेक जिल्लाका अन्य मतदान केन्द्रको मतदान आइतबार नै सकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?