+
+

मनाङबाट प्रतिनिधिसभामा कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ५ गते २२:१३

५ मंसिर, लमजुङ । हिमाली जिल्ला मनाङबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भएका छन् ।

गुरुङले ३ सय २८ मतान्तरले नेकपा एमालेका पोल्देन छोपाङ गुरुङलाई हराउँदै निर्वाचित भएका हुन् । कांग्रेसका गुरुङले २ हजार ५ सय ७५ मत ल्याएका छन् । एमालेका गुरुङले २ हजार २ सय ४७ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसअघि प्रदेश सभा ‘क’ मा नेपाली कांग्रेसका मुनिन्द्रजङ गुरुङ निर्वाचित भइसकेका छन् । यस्तै, प्रदेश सभा ‘ख’ मा स्ततन्त्र उम्मेदवार राजिव गुरुङ (दिपक मनाङे) निर्विरोध भएका थिए ।

मनाङमा ७१ दशमलब ४७ प्रतिशत मत खसेको छ । कूल मतदाता ६ हजार ७ सय ७९ रहेकोमा रिपोर्ट अनुसार ४ हजार ८ सय ४५ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?