+
+

रोल्पामा वर्षमानको अग्रता कायम, कांग्रेसका अमरसिंह पछि परे

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते ७:२६

६ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन (अनन्त)ले रोल्पामा अग्रता कायम राखेका छन् ।

एकमात्र निर्वाचन क्षेत्र रहेको रोल्पामा अनन्त नेकपा एमालेका उम्मेदवार भन्दा २ हजार ७ भन्दा बढी मत अन्तरले अगाडि छन् । ७ हजार ६३५ मत गणना हुँदा पुनले ४ हजार ५५७ पाएका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार पूर्ण बुढामगरले १ हजार ८४६ मत पाएका छन् ।

राप्रपा उम्मेदवार लिला रावलले ३९४, राप्रपा नेपालका रामबहादुर वली क्षेत्रीले १४६ र नेपाल मजदुर किसान पार्टीका नाति भाइ ह्योम्बा १० मत पाएका छन् ।

प्रदेश सभा १ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार जोखबहादुर महरा अगाडि छन् । उनले ४ हजार ८५ मत पाउँदा नेकपा एमालेका उम्मेदवार कमल बहादुर बुढाथोकीले १ हजार ३६४ मत पाएका छन् ।

प्रदेश सभा २ मा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार अमरसिंह पुनविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका नेता दीपेन्द्र कुमार पुनमगरले अग्रता लिएका छन् । दीपेन्द्रसिंहले २ हजार ४११ मत पाउँदा अमरसिंहले १ हजार ६८९ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर घर्तीमगरले १ हजार ३५४ मत पाएका छन् ।

सत्ता गठबन्धनका दलहरुबीच भागबन्डा गर्दा रोल्पाको प्रतिनिधि सभा र प्रदेश सभा १मा माओवादी केन्द्रले र प्रदेश सभा २ मा नेपाली कांग्रेसले पाएका थिए । प्रदेश सभा २ मा नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन उम्मेदवार बने । तर त्यसप्रति असन्तुष्टि जनाउँदै निवर्तमान प्रदेश सभा सदस्य दीपेन्द्र पुनले पनि उम्मेदवारी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?