+
+

काठमाडौं-६ प्रदेशसभा (क) मा कांग्रेस र (ख) मा एमालेको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते १०:५६

६ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ अन्तर्गत प्रदेशसभा (क) मा नेपाली कांग्रेसकी हरिप्रभा खड्गीले अग्रता कायमै राखेकी छन् । उनले १ हजार ८७२ मत ल्याएकी छन् ।

उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका जगतसागर महर्जनले पछ्याइरहेका छन् । उनले १ हजार ६८५ मत ल्याउँदा नेकपा एमालेका निरेशलाल सिंह महर्जनले १ हजार ४४० मत ल्याएका छन् । नेकपा माओवादी केन्द्रका रविन्द्रप्रसाद श्रेष्ठले ४२२ मत ल्याएका छन् ।

यस क्षेत्रको प्रदेशसभा (ख) मा भने नेकपा एमालेका अमनकुमार मास्केले अग्रता लिएका छन् । उनले १ हजार ६२४ मत ल्याएका छन् ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसका विष्णुभक्त तिमिल्सिनाले १ हजार ३२४ मत ल्याएका छन् । तेस्रो स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका चिरागमान सिंह कुँवरले ८१२ र नेकपा माओवादी केन्द्रका प्रकाश फुँयालले १५२ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?