+
+

गुल्मीको अर्बेनीमा पुनः मतदान, सवा १२ बजेसम्म ६६३ मत खस्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते १२:३६

६ मंसिर, गुल्मी ।गुल्मी जिल्लाको जिल्लाको क्षेत्र नम्बर-१ अन्तर्गत कालीगण्डकी गाउँपालिका वडानम्बर-२ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको (क) र (ख) केन्द्रमा पुनः मतदान भएको छ । दिउँसो सवा १२ बजेसम्म ६६३ मत खसेको मतदान अधिकृत नवराज भण्डारीले बताए ।

त्यस मतदान केन्द्रमा रहेका १ हजार ३६९ जना मतदाता रहेका छन् । मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको मतपत्र दिने ठाउँमा प्रदेश सभाको प्रत्यक्ष तर्फको मतपत्र परेपछि निर्वाचन प्रक्रिया स्थगित गरिएको थियो ।

स्थगित गरिएका भगवती माध्यमिक विद्यालयको (क) र (ख) केन्द्रमा बिहान ७ बजेबाट मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले बताए । तर सबै मतदानले पुनः मतदान गर्ने भएका छन् ।

यो केन्द्र बाहेक जिल्लाका अन्य मतदान केन्द्रको मतदान सकेर जिल्ला सदरमुकाम तम्घासमा मतपेटिका ल्याइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस क्षेत्रमा १ लाख १९ हजार २८८ जना मतदाता रहेकोमा अर्बेनी केन्द्र बाहेक ६८ हजार ७६७ जनाले मतदान गरेका थिए ।

यस निर्वाचन क्षेत्रमा प्रतिनिधि सभाका लागि एमालेबाट प्रदीप ज्ञवाली र कांग्रेसबाट डाक्टर चन्द्र भण्डारीबीच प्रतिस्पर्धा रहेको छ ।

यस्तै घटना गुल्मी जिल्लाको मालिका गाउँपालिका वडानम्बर-५ को छापहिले माध्यमिक विद्यालयको (क) केन्द्रमा बिहान २ घण्टा रोकिएको मतदान स्थानीय दलका प्रतिनिधिसँग गरिएको सहमती पश्चात मतदान पुनः सुचारु गरिएको थियो ।

क्षेत्र नम्बर २ को भने मतगणना चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?