
६ मंसिर, दाङ । दाङ क्षेत्र नम्बर १ को प्रतिनिधि सभातर्फ एकीकृत समाजवादीका उम्मेदवार मेटमणि चौधरीले निरन्तर अग्रता कायम राखेका छन् । तर प्रदेश सभा १ मा भने एमाले उम्मेदवार गंगाराम भट्टराईले माओवादी केन्द्रका इन्द्रजित चौधरीलाई टक्कर दिएका छन् ।
दाङ १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. (१) मा सत्ता गठबन्धनको तर्फबाट चौधरी र नेकपा एमालेका भट्टराईबीच एकअर्कालाई पछि पार्ने प्रतिस्पर्धा जारी छ ।
पछिल्लो पटक पुनः अग्रता कायम गरेका इन्द्रजितले २ हजार १७५ मत पाएका छन् । पहिलो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएका एमाले उम्मेदवार गंगारामले २ हजार १५९ मत पाएका छन् । उनीहरुबीचको मत अन्तर जम्मा १६ छ ।
दाङ १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. (२) मा नेपाली कांग्रेसका अनुराग खड्काले नेकपा एमालेका उम्मेदवार कुलबहादुर केसीलाई ४६३ मतले पछि पारेका छन् । ६ हजार ३०० मत गणना हुँदा खड्काले २ हजार ७४९ र केसीले २ हजार २८६ मत पाएका छन् ।
प्रतिनिधि सभातर्फ भने सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार मेटमणी चौधरीको अग्रता सुरुदेखि नै कायम छ । ५ हजार ७८२ मत गणना हुँदा मेटमणिले २ हजार २४० मत पाएका छन् ।
उनलाई पछ्याइरहेकी नेकपा एमालेकी शान्ता चौधरीले १ हजार ४५९ मत पाएकी छन् । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार देवराज पाठकले १ हजार १ सय ८५ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया 4