+
+

रुपन्देही-१ मा एमालेका छविलाललाई पछ्याउँदै घनश्‍याम भूसाल

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते १५:३९

६ मंसिर, रुपन्देही । रुपन्देही क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार छविलाल विश्‍वकर्माले अग्रता लिएका छन् । दोस्रोमा स्वतन्त्र उम्‍मेदवार घनश्‍याम भूसाल छन् ।

एमालेका विश्वकर्माले २ हजार ५ सय ४२ मत पाएका छन् भने घनश्‍याम भूसालले १ हजार ९६४ मत पाएका छन् ।

यस्तै नागरिक उन्मुक्ति पार्टीका धनिराम चौधरीले १ हजार ८ सय ७७ मत ल्याएका छन् भने जनमत पार्टीका कैलाश गुरूङले १ हजार ३२० मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नरबहादुर पछाइले ९५६ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?