+
+

धनुषाको ४ मध्ये ३ क्षेत्रमा एमालेको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते १७:११

६ मंसिर, जनकपुरधाम । धनुषाको चार क्षेत्रमध्ये तीन क्षेत्रमा नेकपा एमालेका उम्मेदवार अग्रता लिइरहेका छन् । धनुषाको निर्वाचन क्षेत्र न. १ बाहेक तीनवटा क्षेत्रमा एमालेका उम्मेदवारहरु अग्रता लिइरहेका छन् ।

धनुषा क्षेत्र नं. २ मा एमाले उम्मेदवार उमाशंकर अरगरिया ४८०२ मतसहित अग्रस्थानमा छन् । उनलाई कांग्रेसका उम्मेदवार रामकृष्ण यादवले पछ्याइरहेका छन् ।

रामकृष्ण्ले ३७९० मत ल्याएर दोस्रो स्थानमा छन् । तेस्रो स्थानमा जसपाका उम्मेदवार आनन्द यादव २९६४ मत पाएका छन् भने चौथोमा एकीकृत समाजवादीका रामचन्द्र झा २१३९ मत पाएका हुन् ।

धनुषा क्षेत्र नं. ३ मा एमाले नेतृ जुलीकुमारी महतोले ६२४३ मतसहित अग्रता लिइरहेकी छन् । उनलाई सत्ता गठबन्धन लोसपाका उम्मेदवार अनिलकुमार झाले ४४३३ मतसहित पछ्याइरहेका छन् । तेस्रोमा जनमत पार्टीका उम्मेदवार शम्भु साहले १८४१ मत पाएका छन् ।

धनुषा क्षेत्र नं. ४ मा एमाले नेता रघुवीर महासेठ ४७६ मतसहित पहिलो स्थानमा छन् । उनलाई सत्ता गठबन्धन कांग्रेसका उम्मेदवार महेन्द्र यादवले ३९४ मत ल्याएर पछ्याइरहेका छन् । तेस्रोमा स्वतन्त्र उम्मेदवार कृष्णकुमार महतो ६१ मत पाएका छन् ।

धनुषा १ मा भने विपक्षी गठबन्धन जसपाका उम्मेदवार दीपक कार्की २३७६ मतसहित अग्र स्थानमा छन् । कार्कीलाई सत्ता गठबन्धन माओवादी केन्द्रका उम्मेदवार मातृकाप्रसाद यादव १७०५ सहित दोस्रो स्थानमा छन् भने तेस्रोमा राप्रपाका उम्मेदवार मनोज मल्ल २०४५ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?