+
+

समानुपातिकमा एमाले र कांग्रेसले कटाए एक लाख मत

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते १८:२०

६ मंसिर, काठमाडौं । प्रतिनिधिसभाको समानुपातिक प्रणालीतर्फ नेकपा एमाले र नेपाली कांग्रेसले पाएको मत एक लाख नाघेको छ ।

नेकपा एमालेले १ लाख १७ हजार ७७६ मत पाएको छ भने नेपाली कांग्रेसले एक लाख ६७७ मत पाएको छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ५० हजार ८१४ मत र चौथो स्थानमा रहेको माओवादी केन्द्रले ४४ हजार ९५८ मत पाएको छ ।

पाँचौं स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले २८ हजार ३२८, जनता समाजवादी पार्टीले ९ हजार ३४४ र जनमत पार्टीले ८ हजार ७०१ मत पाएको छ । नेपाल मजदुर किसान पार्टीले ६ हजार ९०५, नागरिक उन्मुक्ति पार्टीले ६ हजार ३९७ र नेकपा एकीकृत समाजवादीले ५ हजार ६९७ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?