+
+

उम्मेदवार मेलादेखि विजयसम्म : स्वतन्त्र पार्टीका अभियन्ताको चुनावी अनुभव (भिडियो)

हामीले सुरु गरेको प्राइमरी इलेक्सनको अवधारणा अर्को पाँच वर्षसम्ममा ठूलालगायत सबै पार्टीहरूले पनि अपनाउनै पर्छ ।

सिमोन ढुंगाना सिमोन ढुंगाना
२०७९ मंसिर ६ गते १९:५९

६ मंसिर, काठमाडौं । अघिल्लो महिनाभरि मैले पश्चिम सुर्खेतदेखि पूर्व झापासम्मका ४० ठाउँजति पुगें । त्यहाँ मैले राष्ट्रिय स्वतन्त्र पार्टीका पक्षमा तीन कुरा देखेँ ।

पहिलो, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जुन निष्ठापूर्वक काम गरिरहनुभएको छ, त्यसले धेरै मान्छेको मन जितेको छ । त्यसैले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सर्मथन गर्नुपर्छ भन्ने देखिएको छ ।

दोस्रो, हामीले वाचापत्रमा के के गर्नेछौं भनेर जुन स्पष्टतासाथ भन्न सक्यौं, त्यसलाई मतदाताले विश्वास गरे ।

तेस्रो, हाम्रो टिम । हामीले काठमाडौं लगायत सबैतिर युवा र केही गरौं भन्नेलाई उम्मेदवार बनाएका छौं । राजनीतिलाई सेवा हो भन्ने खालको मान्छेहरु पनि आएको हुनाले हामीप्रति मतदान गर्न उत्साह देखिएको हो ।

मतको अपेक्षा हाम्रो यस्तै यस्तै नै थियो । एक, दुई ठाउँमा अचम्मित पार्ने तरिकाले मत आइरहेको छ । समग्रमा यो चुनावमा पहिलेभन्दा कम मत खसेको छ । यसका पछाडि नागरिकको वितृष्णा नै कारक हो भनिएको छ । कतिपयलाई गठबन्धन राम्रो नलागेर घरै बसेको भन्ने कुरा पनि आए । कतिपय स्थानमा चाहिँ पार्टीका उम्मेदवार राम्रो भएन भन्ने पनि छ ।

हाम्रा उम्मेदवार नै नभएका ठाउँमा पनि भोट खसेका छन् । समानुपातिक मतले त्यो देखाउँछ । मतदातामा जुन प्रकारको बदलावको भावना थियो, त्यसैले गर्दा भोट हाम्रो पक्षमा आउन सक्यो । मतदातामा नयाँको खोजी रहेछ ।

त्यसैले यसपालि जनताले चारवटा कुरा गरे ।

सबैभन्दा पहिले, पार्टी र पार्टीको प्रतिनिधित्व गर्ने तथा समानुपातिकमा पनि हाम्रो एक से एक राम्रा मान्छे हुनुहुन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीको नियत स्पष्ट छ । नीतिहरू पनि धेरै राम्रो देखिएको छ । आकाशको तारा छुने भन्दा पनि जीवनलाई कसरी सजिलो बनाउन सकिन्छ भन्ने कुरा हामीले वाचापत्रमा राखेका छौं । अर्को क्षमताको कुरा पनि हो । हामीले अघि सारेका नीति कार्यान्वयन गर्न हामी सक्षम हुन्छौं भन्ने लाग्छ । र, समानुपातिकमा रहेका उम्मेदवारको पनि सबै क्षेत्रमा आफ्नो प्रभाव छ ।

अहिले देशको एउटा मुड देखिन्छ । विभिन्न कालखण्डमा देशको फरक फरक मुड थियो । अहिलेको मुड भएकै व्यवस्थामै अवस्था सुधारेर कसरी राम्रो बनाउने भन्ने छ । त्यही मुड अनुसार जनताले खोजी खोजी घण्टीमा छाप लगाए ।

स्वतन्त्र भनेपछि यो नामले पनि साथ दिएको हो ?

हैन पनि म भन्दिनँ, हो पनि भन्दिनँ । राष्ट्रिय स्वतन्त्र पार्टीमा बढी झुकाव भएर भोट दिएको हो कि रवि लामिछानेको नाम र पहिचान देखेर, उहाँको निम्ति हो कि ? उहाँको नामका अगाडि पार्टीको नाम र घण्टी पछाडि नै छ । त्यसैले यही नै हो भनेर मैले ठ्याक्कै भन्न सक्दिनँ ।

संसदीय प्रणालीको चुनावमा चार महिनामा यस्तो प्रकारको रेकर्ड मेरो विचारमा कहीँ पनि छैन । यो चार महिनाको दौरानमा यसरी अगाडि जाने भनेको चाहिँ एक दमै ठूलो कुरा हो । यसमा जनताको ठूलो उत्साह र सर्मथन छ । अहिलेको लागि यो सुरुवात हो । राजनीति भनेको आजको भोलि नै पनि हुँदैन । छिमेतिर हेर्ने हो भने पनि थुप्रो समय लाग्छ । तर, नेपालमा चार महिनामा यो हुनु भनेको विश्वमै पनि कमै होला जस्तो लाग्छ ।

समानुपातिकमा पनि अहिलेको रुझान हेर्दा एकदमै राम्रो छ । अंकगणितमै भन्न मलाई अहिले गाह्रो नै हुन्छ । तर, उत्साहजनक परिणाम आउँछ । हामी तेस्रो वा चौथो हुन्छौं होला ।

पहिलो, हामीले सुरु गरेको प्राइमरी इलेक्सनको अवधारणा अर्को पाँच वर्षसम्ममा ठूलालगायत सबै पार्टीहरूले पनि अपनाउनै पर्छ ।

दोस्रो, जुन उम्मेवार मेला भयो । हामीले उम्मेदवारलाई प्रत्यक्षरूपमा नचिनिकन एउटा छापको भरमा भन्दा पनि प्रत्यक्षरुपमा प्रश्न–उत्तर गर्न सक्ने एउटा साझा मञ्च बनाएर भृकुटीमण्डपमा उम्मेदवारको मेला गरेका थियौं । यो पनि दिगो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?