 
																			७ मंसिर, दाङ । दाङ क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार शंकर पोख्रेलले माओवादी केन्द्रकी रेखा शर्मासँगको मतान्तर घटाउँदै लगेका छन् ।
मंगलबार (हिजो) बेलुकीसम्म झण्डै दुई हजार मत अन्तरले पछि परेका पोख्रेलले बुधबार (आज) बिहानसम्म मत अन्तर १६०० मा झारेका छन् ।
आज बिहानको मत परिणाम अनुसार रेखाले १४ हजार १०७ मत पाएकी छन् । उनलाई पछ्याइरहेका शंकर पोख्रेलले १२ हजार ४२३ मत पाएका छन् ।
हालसम्म दाङ क्षेत्र नं. २ मा ३८ हजार १३२ मत गणना भइसकेको छ । अहिले क्षेत्र नं. २ को प्रदेश सभा (२) तर्फको मत गणना भइरहेको छ । एमाले महासचिव शंकर पोख्रेलको घर यही क्षेत्रमा पर्दछ ।
मंसिर ४ को निर्वाचनमा दाङ क्षेत्र नम्बर २ मा ७९ हजार ७३७ मत खसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4