+
+

टीसीएलको फुटबल हंगामा योजना सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ७ गते ११:५३

काठमाडौं । टीसीएलले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितालाई लक्षित गरेर ‘फुटबल हंगामा’ नामक योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले टीसीएल टेलिभिजनको खरिद गर्दा आकर्षक नगद छुट र फ्री टीसर्ट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

टीसीएलका कुनै पनि होम इन्टरटेनमेन्ट र होम एप्लायन्स उत्पादनहरु खरिद गर्दा १ भाग्यशाली ग्राहकले बम्पर उपहार अन्तर्गत ६५ इन्चको फोरके टेलिभिजन पनि जित्न सक्नेछन् । ग्राहकहरुले आफूलाई बम्पर उपहारमा सहभागी गराउन टीसीएल टाइप गरी आफ्नो नाम र खरिद गरिएको सामानको वारेण्टी कार्ड नम्बर लेखेर ३१००३ मा एसएमएस् गर्नुपर्ने कम्पनीले जानकारी दिएको छ । यो योजना मंसिर १ गतेदेखि सीमित अवधिका लागि नेपालभरी लागू हुने कम्पनीको भनाइ छ ।

कम्पनीले फ्रि डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो, एक्सचेन्ज अफर र शुन्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरेको छ । टीसीएल ब्राजिलियन राष्ट्रिय फुटबल टोलीको आधिकारिक विश्वव्यापी प्रायोजक पनि हो । नेपाल अधिराज्यभर टीसीएल ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्सअन्तर्गत सीजी इओएल रहेको छ ।

कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौंभित्र टङगाल, कुमारीपाटी, बसुन्धरा, जोरपाटी, भक्तपुर राधेराधे, रबिभवन, किर्तिपुर, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुमा रहेका कम्पनीले जानकारी दिएको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?