+
+

विष्टलाई झाँक्रीको बधाई, भनिन्- विश्वविद्यालयमा पढेभन्दा बढी सिकें

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ७ गते १३:२१

७ मंसिर, काठमाडौं । गुल्मी क्षेत्र नम्बर २ मा विजयी नेकपा एमालेका गोकर्ण बिष्टलाई निकटकतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीले बधाई दिएकी छन् ।

बिष्टलाई ‘दाजु अग्रज’को सम्बोधन गर्दै उनले बुधबार अपरान्ह फेसबुक सन्देश मार्फत् भनेकी छन्, ‘गुल्मी जिल्लाको समग्र विकास र समृद्धिको यात्रामा म सधैं साथमा रहनेछु ।’

नेतृ झाँक्रीले निर्वाचनमा सहभागी हुँदा समाज अध्ययन गर्न सजिलो भएको बताएकी छन् । ‘यो निर्वाचन मेरो लागि अत्यन्तै रोमाञ्चक रह्यो । ज्ञानको हिसाबले कुनै प्रसिद्ध विश्वविद्यालयमा पढे भन्दा बढी,’ उनले भनेकी छन्, ‘समाज र सामाजिक जीवनका थुप्रै पक्षको बारेमा समाजको पींधसम्म पुगेर हेर्ने, बुझ्ने र जान्ने मौका पाएँ ।’

पछिल्लो साढे दुई दशकमा नेपाली समाजमा भएको अराजनीतीकरण लोकतन्त्रको लागि गम्भीर र डरलाग्दो रहेको उनले बताएकी छन् ।

झाँक्री नेकपा एमालेका नेता गोकर्ण विष्टसँग पराजित भएकी हुन् । बिष्टले २८ हजार ४७६ मत पाउँदा झाँक्रीले २६ हजार ४४२ मत ल्याइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?