+
+

झापा-३ बाट कांग्रेसका राजवंशी प्रदेशसभामा विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ७ गते १३:४५

झापा । झापा क्षेत्र नम्बर ३ को प्रदेशसभा १ मा नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आधिकारिक घोषणा गर्न भने बाँकी छ ।

राजवंशीले निवर्तमान प्रदेशसभा सदस्य तथा नेकपा एमालेका वसन्त बानियाँलाई एक हजार ६८ मतान्तरले पराजित गरेका हुन् ।

गठबन्धनका साझा उम्मेदवार बनेका राजवंशीले २० हजार ७५६ मत ल्याएका छन् भने राप्रपासँग चुनावी तालमेलबाट उम्मेदवार बनेका बानियाँले १९ हजार ७१८ मत प्राप्त गरेका छन् ।

२०७४ सालको निर्वाचनमा बानियाँले राजवंशीलाई हराएका थिए ।

शिक्षक पेसासँगै राजनीतिमा आएका राजवंशीको स्थायी घर कचनकवल गाउँपालिका-३ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?