+
+

डोटीबाट प्रदेशसभामा एमालेका मल्ल विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ७ गते १४:४६

७ मंसिर, डोटी । डोटी क्षेत्र नम्बर १ को प्रदेशसभा (१) मा नेकपा एमालेका चक्रबहादुर मल्ल विजयी भएका छन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका डोटी सभापति नरेन्द्रबहादुर सिंहलाई ४५० मतले पछि पार्दै मल्ल विजयी भएका हुन् । मल्लले १५ हजार २ सय ७९ मत ल्याउँदा सिंहले १४ हजार ८ सय २९ मत पाए ।

हाम्रो नेपाल पार्टीका उम्मेदवार शैलेन्द्र खड्काले ५ सय ४० र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले ७ सय ५५ मत प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?