+
+

पर्सा १ मा दोहोरिए प्रदीप यादव

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ७ गते १६:३२

७ मंसिर, वीरगञ्ज । पर्सा क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टी (जसपा) का प्रदीप यादव पुनः निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसका बागी उम्मेदवार अजयकुमार द्विवेदीलाई पाराजित गर्दै उनी निर्वाचित भएका हुन् । पूर्व वन तथा वातावरणमन्त्री समेत रहेका यादवलाई नेकपा एमालेले समर्थन गरेको थियो । द्विवेदीले भन्दा उनले १ हजार ६ सय २० बढी मत ल्याएका छन् । यादवले २२ हजार ५ सय ३७ मत पाउँदा द्विवेदीले २० हजार ९ सय १७ मत पाए ।

तेस्रो स्थानमा राप्रपाका किरणमान डंगोलले २ हजार ६ सय ५१ मत ल्याए भने सत्ता गठबन्धनका साझा उम्मेदवार लोकतान्त्रिक समाजवादी लोसपा का नेता लक्ष्मणलाल कर्णले १ हजार १ सय १७ मत मात्रै पाए । २०७४ मा कर्ण पर्सा क्षेत्र नम्बर ४ बाट विजयी भएका थिए ।

२०७४ को निर्वाचनमा यादवले २१ हजार १३२ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका अनिलकुमार रुंगटाले भने १६ हजार ४८१ मत मात्रै पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?