+
+

वित्तीय संस्थातर्फ बढी कर तिरेबापत नबिल बैंकले पायो सम्मान

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ७ गते १७:२४

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा बैंक तथा वित्तीय संस्थाहरुमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने नबिल बैंकलाई आन्तरिक राजश्व विभागले सम्मानित गरेको छ । विभागले राष्ट्रिय कर दिवसको अवसर पारेर प्रदान गरेको सम्मान पत्र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले ग्रहण गरेका थिए ।

बैंकले उक्त आर्थिक वर्षमा २ अर्ब ७९ करोड रुपैयाँ कर सरकारलाई तिरेको थियो । पछिल्लो १० वर्षमा नबिल बैंक वित्तीय संस्थामा उच्च कर भुक्तानी गरेर सम्मानित भएको यो सातौं पटक हो ।

वित्तीय संस्थाहरुमध्ये सबैभन्दा बढी कर दाखिला गरी राज्यको वृद्धि विकासमा टेवा पुर्‍याउन पाउँदा खुसी लागेको ढुंगानाले बताए ।

बैंकका अनुसार २०७७/७८ सम्म राज्यलाई १८ अर्ब ३८ करोड रुपैयाँ कर बुझाएको छ । यो भनेको बैंकको तत्कालीन कुल पूँजीको १ दशमलव ३२ गुणा रकम हो ।

आफ्ना लगानीकर्तालाई हालसम्म नगद लाभांश १४ अर्ब ४५ करोड रुपैयाँ तथा १८ अर्ब ८ करोड बराबरको बोनश सेयर वितरण गरिसकेको बैंकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?