+
+

५८ लागे राजेश हमाललाई डेब्यु दिने निर्माता, जन्मदिनमा फिल्म ‘जेलब्रेक’ बनाउने घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ७ गते १७:३४
छविराज ओझा (बायाँ)लाई शुभकामना दिँदै निर्देशक ज्ञानेन्द्र देउजा ।

काठमाडौं । पाका फिल्म निर्माता छविराज ओझाले बुधबार ५८ औं जन्मदिन मनाए । आयोजित बर्थडे जमघटमा उनलाई समकालिन फिल्म निर्माताले केक चखाएर बधाइ पनि दिए ।

जन्मदिनमा छविले आफू चारवर्षपछि फिल्म ‘जेलब्रेक’ निर्माणमार्फत कमब्याक तयारीमा जुटेको बताए । सशष्त्र युद्धको क्रममा जेलब्रेक गरेकी माओवादी लडाकु उमा भुजेलको कथामा फिल्म बन्न लागेको हो ।

‘झिंगेदाउ’ फेम्ड ज्ञानेन्द्र देउजाले निर्देशन गर्ने फिल्मको पटकथा लेखन सुरु भएको छ । भुजेलको पुस्तक ‘जेलब्रेक’माथि आधारित हुने फिल्मलाई बायोपिक जानरामा राखिएको छ ।

देउजाले यसअघि पनि कृतिमा आधारित फिल्महरु मुनामदन, झिंगेदाउ निर्देशन गरिसकेका छन् ।

राजेश हमालको डेब्यु फिल्म ‘युगदेखि युगसम्म’का निर्माता समेत रहेका छवि अहिले पनि फिल्म निर्माणमा सक्रिय छन् । नयाँ फिल्म जेलब्रेक भव्य हुने जानकारी उनले दिए ।

साथै, अब बिहे नगर्ने पनि उनले बताए । अभिनेत्री रेखा थापासँग सम्बन्ध विच्छेद भएपछि छवि सिंगल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?