+
+

कैलाली-४ मा लेखराज भट्टसँग अग्रता फराकिलो बनाउँदै बलायर

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ७ गते १८:११

७ मंसिर, धनगढी । कैलाली क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका बीरबहादुर बलायरले नेकपा एमालेका लेखराज भट्टसँगको अग्रता बढाएका छन् । बलायरले २० हजार ८९६ मत प्राप्त गर्दा भट्टले १८ हजार ७२३ मत प्राप्त गरेका छन् । उनीहरूबीच २ हजार १७३ को मतान्तर छ ।

मंगलबार दिउँसोको मतगणनामा लेखराजले अग्रता लिएका थिए । यो क्षेत्रबाट २०७४ सालमा नेकपा माओवादी केन्द्रबाट लेखराज भट्ट निर्वाचित भएका थिए । यसअघि माओवादीबाट विजयी हुँदै आएका उनी पहिलोपटक सूर्य चिह्नबाट चुनाव लडेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?