+
+

दैलेखबाट प्रदेशसभामा कांग्रेसका भण्डारी निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ७ गते १९:४४

७ मंसिर, सुर्खेत । दैलेख क्षेत्र नम्बर २ को प्रदेशसभा १ मा नेपाली कांग्रेसका घनश्याम भण्डारी निर्वाचित भएका छन् । भण्डारीले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका तिलकप्रसाद रिजाललाई एक हजार ३०५ मतान्तरले पराजित गरे ।

खसेको कुल मत २२ हजार ९४२ मध्ये भण्डारीले १० हजार ८०० मत प्राप्त गरेका छन् भने रिजालले ९ हजार ४९५ मत पाएका छन् । राप्रपाका यज्ञबहादुर थापाले ४७८, नेमकिपाका मदन भण्डारीले ३३७, हाम्रो नेपाली पार्टीका प्रेमबहादुर भण्डारीले ४७२ र स्वतन्त्र उम्मेदवार पुरुषोत्तम रिजालले २७० मत ल्याएका छन् ।

प्रदेशसभामा निर्वाचित भण्डारी दुल्लु नगरपालिकाका पूर्वमेयर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?