+
+

पर्सा ३ बाट नेकपा एमालेका राजकुमार गुप्ता निर्वाचित

सुरेश बिडारी सुरेश बिडारी
२०७९ मंसिर ७ गते २३:११

७ मंसिर, वीरगञ्ज । पर्सा क्षेत्र नं ३ बाट नेकपा एमालेका राजकुमार गुप्ता प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

निकटतम प्रतिश्पर्धी नेपाली कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीलाई १५१ मतले पराजित गर्दै राजकुमार विजयी भएका हुन् । २४ हजार २६० मत ल्याएर उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुँदा सुरेन्द्रले  २४ हजार १०९ मत पाए । चौधरी १५१ मतान्तरले पराजित भएका हुन् ।

मतगणना गर्दादेखि नै कहिले कांग्रेसका सुरेन्द्र अगाडि त कहिले एमालेका राजकुमार अगाडि हुँदै आएकोमा पछिल्लो समय सुरेन्द्रले अग्रता कायम गरेका थिए । तर अन्त्यमा राजकुमारले नै बाजी मारे ।

०७४ को निर्वाचनमा यो क्षेत्रमा तत्कालिन संघीय समाजवादी फोरम नेपालका हरिनारायण रौनियार विजयी भएका थिए । १५ हजार १६८ मत ल्याएर हरि नारायण विजयी हुँदा सुरेन्द्रले १३ हजार ८०१ मत ल्याएर दोस्रो भएका थिए । २०७४ सालमा तेस्रो स्थानमा रहेका एमालेका राजकुमारले १० हजार ९८६ मत ल्याएका थिए ।

राजकुमारको राजनीतिक यात्रा

नेता राजकुमारको जन्म पर्साको तत्कालीन भौराटार ६ मा २०२७ चैत २० मा भएको हो । उनी बुवा हिरालाल प्रसाद आमा शान्ति देवीको सन्तान हुन् । हाल उनी वीरगञ्ज ११ श्रीपुरमा बस्छन् ।

विकमसम्म अध्ययन गरेका राजकुमारले राजनीति सँगै व्यापारलाई पनि अघि बढाएका छन् । वि.स.

२०४२ देखि अखिलबाट राजनीति सुरू गरेका राजकुमार वि.स. २०५१ मा युवा संघको विभिन्न पदमा काम गरेका थिए । एमालेको जिल्ला सदस्य हुँदै उनी वि.स. २०६६ मा पर्सा क्षेत्र नं. ३ को अध्यक्ष बने । लोकतान्त्रिक मधेसी संगठनको केन्द्रीय महासचिव हुँदै  चितवनको सौराहामा सम्पन्न १० औं महाधिवेशन केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

संसदीय राजनीतिमा यो जित उनको दोस्रो हो । उनी २०७० को दोस्रो संविधानसभा सदस्यमा निर्वाचित हुँदा २०७४ मा पराजित भएका थिए ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?